प्रधानमन्त्री ओलीविरूद्धको अवहेलना मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध परेको अवहेलना मुद्धामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बताए ।

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले गिरिबन्धु टी-स्टेट सम्बन्धी फैसला कार्यान्वयन नगरी अवहेलना गरेको र अध्यादेश ल्याएर अवरोध सिर्जना गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *