
सुन तोलामा २७ सयले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार ७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया