
अर्थमन्त्री र मेयर भेट्न राष्ट्रपति पौडेल कीर्तिपुर अस्पतालमा

पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन कार्यक्रममा बेलुन फुटेर आगलागी भएपछि घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
राष्ट्रपति पौडेल घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् ।
अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ । कीर्तिपुर बर्न अस्पतालका अनुसार दुवैको शरीरको ६ देखि ७ प्रतिशत भाग जलेको छ र उनीहरुको उपचार भइरहेको छ ।
पोखरामा आयोजित उक्त कार्यक्रममा बेलुन फुटेर अचानक आगलागी भएको थियो, जसका कारण अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । यो घटनापछि उनीहरुलाई तत्काल काठमाडौं ल्याएर कीर्तिपुर बर्न अस्पतालमा उपचार सुरु गरिएको हो ।
प्रतिक्रिया