अध्यादेश हामीले रोकेका हौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौति दिएका हुन् ।

उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरुलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल गर्‍यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्‍यौँ। दुवैले सल्लाह गर्‍यौँ । प्रचण्डजीले तपाईंले भुमिका खेल्नुस् भन्नुभयो’ उनले भने ।

अहिले पनि संसद भंग गर्न प्रयत्न भइरहेको बताए । अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको बताए ।

एमालेले कम्युनिष्ट पार्टीको चरित्र गुमाएको आरोप लगाए । एमाले पार्टीको रुपमा नचलेको पनि बताए ।

उनले भने– ‘मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरु बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरुको बारेमा चुनौति दिँदै यदी यसलाई रोक्ने काम गरेनौ भने संसदको विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *