
हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो


गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् ।
बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ । हमासका नकाबधारी लडाकूहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो।
गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्ध विराम सम्झौता भंग हुन लागेको आशंकापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने संकेत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो ।
हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकूलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो ।
तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोस्टर बोकेका थिए।
यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल–चेन, रुसी मूलका इजरायली साशा ट्रुपानोभ र अर्जेन्टिनी मूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए । इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ ।
सम्झौता असफल हुने संघारमा पुगेपछि हमासका एक अधिकारीले युद्ध विरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा हुने अपेक्षा गरिएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया