अध्यादेश अघि बढाउने सत्ता गठबन्धन दलहरुबीच सहमति

बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ ।

बालुवाटारमा बसेको बैठकमा सबै दलहरुसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।

छलफल सरकारात्मक रुपमा अगाडि बढेर निष्कर्षमा पुगेको जानकारी दिंदै उनले भने, ‘सत्ता गठबन्धनसँग बहुमत पुग्ने गरी छलफल भएको छ ।’ भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने बताए । उनले लोसपा अध्यक्ष महन्थ ठाकुर आफैं बैठकमा सहभागी भएको र जसपा नेपालसँग पनि कुरा भएर अध्यादेश अघि बढाउने सहमति भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर