नयाँ पुस्तामा स्वसंस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्यले हिन्दु स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गरेको छ ।
शुक्रवार काठमाडौंको टुँडिखेलमा संघले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गरेको हो । संघले परीक्षाको उद्देश्य नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्व संस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्य लिएको जनाएको छ ।
संघले विगतका वर्षहरूमा पनि यस खाले परीक्षाहरू सञ्चालन गरेको र यस वर्ष पनि स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा कार्यक्रम त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ता स्कुल अफ म्यानेजमेण्टका सह निर्देशक फूलप्रसाद सुवेदीको संयोजकत्वमा आयोजना गरेको बताएको छ ।
कार्यक्रममा उपत्यकाका तीन जिल्लाबाटै विभिन्न विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत पाँच हजार भन्दा बढी विद्यार्थीको सहभागिता रहेको आयोजकको भनाइ छ ।
३० मिनेटको परीक्षामा प्रथम हुनेले ५१ हजार, दोस्रो हुनेले ३१ तेस्रो हुनेले २१ हजार तथा सान्त्वना ५० जनालाई एक हजार प्रदान गरिने आयोजकको भनाइ छ ।
प्रतिक्रिया