
राजीनामाका लागि तयार रहन मन्त्री भण्डारीलाई महन्थ ठाकुरको निर्देशन


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् ।
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि अध्यक्ष ठाकुरले मन्त्री भण्डारीलाई राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै एक–दुई दिनमा के–के गर्नुछ गर्न भनेका हुन् । बिहीबार सर्लाहीमा आयोजित कार्यकर्ता भेटघाटमा अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकार र आफ्नो पार्टीमा नैतिक संकट आएको बताएका हुन्।
प्रतिक्रिया