सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु

भैँसीले हान्दा सुनकोशी गाउँपालिका–३ नौविसेमा एक जनाको मृत्यु भएको छ ।

भैँसीलाई घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा बिहीवार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर