भूमी सम्बन्धी अध्यादेशको विपक्षमा लोसपा

सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले बुधवार एक विज्ञप्ति जारी गर्दै यथास्थितिमा यो अध्यादेश स्वीकार्न नसक्ने बताएका छन् । उक्त अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रियसभामा अध्यादेश पारित गर्न निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघि नै भूमी सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *