
स्थानीय तहले ‘सरकारी’ आँट देखाएनन्


संवैधानिक रूपमा स्थानीय सरकार लेख्न सक्ने भए पनि अधिकांश स्थानीय तहले आफ्नो पत्रको शिरोभाग (लेटर हेड) र पाटी (बोर्ड) मा ‘स्थानीय सरकार’ उल्लेख गरेको पाइन्न । केहीले मात्र यसको अभ्यास गरेका छन् । यद्यपि लेटर हेडमा स्थानीय सरकार लेख्नेले पनि वेबसाइटमा भने कुनै पनि स्थानीय तहले स्थानीय सरकार उल्लेख गरेको पाइन्न ।
संविधानका विभिन्न धारामा गरी सात ठाउँमा स्थानीय सरकार भन्ने उल्लेख गरिएको छ भने ५७ ठाउँमा स्थानीय तह भनिएको छ । संविधानले ‘नेपाल सरकार’ र ‘प्रदेश सरकार’ भने जस्तै स्थानीय तहलाई ‘स्थानीय सरकार’ का रूपमा स्थापित गरेको छ । २०७४ सालमै स्थानीय सरकार सञ्चालन ऐन नै जारी भई सोही ऐन अनुसार स्थानीय सरकार सञ्चालन हुँदै आएका छन् । २०७४ र २०७९ गरी दुई पटक स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिले कार्यकारी जिम्मेवारी समालिरहेका छन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले स्थानीय तह स्थानीय सरकार नै भए पनि केहीले बाहेक अन्यले यस्तो शब्दाभ्यास नगरेको स्वीकार गरे। गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया