
चीनका प्रधानमन्त्री लि छयाङ नेपाल भ्रमणमा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा चीनका प्रधानमन्त्री लि छयाङ नेतृत्वको एउटा प्रतिनिधि मण्डलले नेपालको भ्रमण गर्ने भएको छ ।
सरकारी स्रोतका अनुसार नेपालमा चिनियाँ ठेकेदार कम्पनीले बनाएका कुनै एउटा ठुलो योजनाको उद्घाटन गराउनेगरि प्रधानमन्त्री छयाङलाई नेपाल भ्रमण गराउने तयारी भइरहेको हो । याे भ्रमण फागुनकाे दाेस्राे साता वा फागुनभरिमा गराउने याेजना सरकारकाे छ ।
सरकारी स्रोतका अनुसार कुन योजना भन्ने तय भएको छैन् । सबै योजना निर्माणाधीन अवस्थामा रहेकाले त्यसको यकिन भइसकेको छैन् । तर सम्भव भएसम्म टोखा छहरे सुरुङ मार्ग वा अन्य कुनै योजना चाँडै सम्पन्न् गरेर प्रधानमन्त्री छयाङको भ्रमण मिति तय हुनेछ ।
परराष्ट्र मन्त्रालयले तीन चरणमा प्रधानमन्त्री छयाङको भ्रमणका लागि विभिन्न निकायसँग छलफल गरिसकेको छ । यस्तै सुरक्षा निकायलाई समेत यसको अनौपचारिक जानकारी गराउँदै आवश्यक तयारीमा जुट्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा गरेकाे चीन भ्रमणमा समकक्षि छयाङलाई नेपाल भ्रमणकाे निम्ता दिएका थिए । प्रधानमन्त्री ओलीले याे भ्रमणका लागि संक्रियता देखाएका छन् ।
प्रतिक्रिया