नेपालमा कानून निर्माणको दृष्टिकोण नै त्रुटीपूर्ण छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून निर्माणको दृष्टिकोण नै त्रुटीपूर्ण रहेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राज्यका सञ्चालकहरुले अधिकारको दुरुपयोग गर्ने र नियन्त्रणमुखी सोच राखेर कानून निर्माण गर्ने गरेको बताए ।

कानून निर्माण सेवा प्रवाहलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न, विकास निर्माणको कामलाई गति दिनका लागि कानून बनाउनुपर्नेमा नियन्त्रणकारी कानूनहरु धेरै भएको बताए ।

एउटा मन्त्रालय र अर्को मन्त्रालयले बनाएका कानूनमा एउटा काममा अर्कोलाई अवरोध सिर्जना गर्ने प्रवृत्ति धेरै हुँदा विकास प्रक्रिया र सुशासन कमजोर बनेको बताए ।

नागरिक बलियो हुन राज्यलाई बलियो बनाउनुपर्ने र राज्य बलियो बनाउने हो भने लोकतन्त्रमा राजनीतिक दलहरु बलियो बनाउनुपर्ने बताए ।

कसैले कसैप्रति कटाक्ष गरिकन समाज अगाडि बढ्न नसक्ने बताए । समाजका सबै अंगहरु सम्मानित र प्रतिष्ठित भयो भने राज्य बलियो हुने बताए ।

महासचिव पोखरेलले थ्रेस होल्ड पाँच प्रतिशत राख्ने कुराले नयाँ पार्टी निर्माणका सन्दर्भमा समस्या उत्पन्न नहुने बताए ।

नयाँ पार्टीका लागि पाँच प्रतिशत जमानत प्राप्त गर्न पूर्व गृहकार्य गर्न कुनै व्यवस्थाले नरोको बताए ।

पाँच प्रतिशतको थ्रेस होल्डले राजनीतिमा आउन खोज्ने नयाँ विचार र प्रवृत्तिलाई निषेध नगर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *