०६४ को जस्तै मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा चुनाव लडिसकेको र अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा र नयाँ शक्तिको रुपमा देशभर छाएको बताए । उनले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आस गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको बताए ।

उनले आफूसँग तस्बिर खिच्न, आफूलाई छुन चाहनेहरू अहिले पनि देश दौडाहाका क्रममा बढिरहेको महसुस आफूले गरेको बताए ।

अध्यक्ष दाहालले भने ‘नेपालमा हाम्रो शान्ति प्रक्रियामा आइसकेपछि, दुई तीन वटा चुनाव लडिसकेपछि पहिलो पटक फेरि माओवादी आन्दोलन एउटा नयाँ संश्लेषणमा, एउटा नयाँ शक्तिको रुपमा देशभर नयाँ अवसरको मोडमा छ । तपाईँहरूले देख्नुभएको छ । पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तर जहाँ गएपनि हाम्रो पार्टीप्रति ०६४ को जस्तै लगाव, उभार, आकर्षण देखेको छ । ०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवा युवती, बच्चाबच्ची एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो । त्यस्तो उभार थियो । बिचमा उस्तै उस्तै जस्तो भयो । सबै उस्तै रहेछन् भनेजस्तो भयो । अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ । म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु ।’

अध्यक्ष दाहालले एक भएर अघि बढेको खण्डमा ०८४ माओवादीको हुने बताए । माओवादीहरू देश परिवर्तनको संवाहक भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर