६ महिनामा कुन मन्त्रालयले कति गरे बजेट खर्च ?

चालू आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक अवधिमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ ।

बिहीबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको देखिएको हो ।

अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार  परराष्ट्र मन्त्रालयले सबैभन्दा बढी बजेट खर्च गरेको छ ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म परराष्ट्र मन्त्रालयले विनियोजित बजेटको कुल ३ अर्ब ४३ करोड रुपैयाँ अर्थात् बजेटको ५०.६४ प्रतिशत खर्च गरेको छ । मन्त्रालयलाई कूल ६ अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । परराष्ट्र मन्त्री आर्जु राणा देउवा छिन् ।

अर्ध वार्षिक अवधिमा बजेट खर्च गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कमजोर देखिएको छ । उद्योग मन्त्रालयले विनियोजित बजेटको ७.६२ प्रतिशत मात्रै खर्च गरेको छ ।  मन्त्रालयलाई विनियोजित कूल ८ अर्ब ८ अर्ब ४ करोड बजेटमा ६१ करोड मात्रै खर्च भएको देखिएको छ । उद्योग मन्त्रालयको  जिम्मेवारी दामोदर भण्डारीले सम्हालेका छन् ।

त्यस्तै,  रक्षा मन्त्रालयले कूल विनियोजित बजेटको  ४६ प्रतिशत बजेट खर्च गरेको छ भने  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४३ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रधानमन्त्रीको कार्यालयले विनियोजित बजेटको ३३ प्रतिशत खर्च गर्दा अर्थ मन्त्रालयले २२ प्रतिशत बजेट खर्च गरेको देखिएको छ ।

प्रतिक्रिया

2 thoughts on “६ महिनामा कुन मन्त्रालयले कति गरे बजेट खर्च ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *