सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ६८ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन प्रतितोला १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर