नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको छ : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताए ।

उनले नयाँ स्टक एक्चेञ्जको लाइसेन्स निजी क्षेत्रलाई दिने भए कमिसनबाट नभई खुला प्रतिस्पर्धा दिन आग्रह गरे । उनले नयाँ स्कट एक्सचेन्जको लाइसेन्समा पनि स्वार्थ समूह हाबी देखिएको उल्लेख गरे । उनले खुला प्रतिस्पर्धाका आधारमा नभए प्रमुख प्रतिपक्ष दलले सरकारलाई खबरदारी गर्ने बताए ।

उनले भने ‘नेपाल धितोपत्रबाट नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गर्ने कुराहरू आएका छन् । तर पुनःसंरचना भइराखेको छैन । नयाँ स्टक एक्सचेन्ज दिनको लागि तछाड मछाड चली रहेको छ । यसमा केही स्वार्थ समूहका स्वार्थ देखिएका छन् । जनतालाई थाहा छ । यो हामीसँग भएको नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गरेर बलियो बनाइयोस् । निजी क्षेत्रमा जानु पर्दा प्रतिस्पर्धाबाट जाने व्यवस्था होस् । जनताको खबरदारी छ । प्रमुख प्रतिपक्षदलको पनि खबरदारी रहेको छ ।’

उनले सरकारले समयमा विकास निर्माणको लागि ठेक्का समेत लगाउन नसकेको उल्लेख गरे । उनले बजेटमा व्यवस्था विकास निर्माणका आयोजनाहरू तत्काल ठेक्का लगाएर सुरुवात गर्न सरकारसँग माग गरे । उनले आफू अर्थमन्त्री हुँदा हरेक सांसदहरूको क्षेत्रमा एउटा आयोजनामा राखिएको तर वर्तमान सरकारले खुद्रे आयोजनाको नाम दिएर कार्यान्वयनमा बेवास्ता गरेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर