
राजनीतिक दलहरु गम्भिर नहुँदा संसदले कानून निर्माण गर्न सकेन : सन्तोष परियार


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा संसदले कानून निर्माण गर्न नसकेको बताएका छन्।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद समेत रहेका प्रमुख सचेतक परियारले राजनीतिक पार्टीहरुले कानून निर्माणको विषयलाई गम्भिरताका साथ लिए संसदले कानून निर्माण ढिलाई नगर्ने उनको विश्वास छ।
उनले सांसदहरु कै कारण कानून निर्माण सुस्त भएको सुनाए। संसद राजनीतिक दलहरुका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु यसमा गम्भिर हुन जरुरी रहेको आवश्यकता औंल्याए।
‘संसद निरपेक्ष छैन। संसद आफैंमा केही पनि होइन। संसदमा राजनीतिक पार्टीहरु छन्। राजनीतिक पार्टीहरुले जुन दिन कानून निर्माणलाई गम्भिरताका साथ लिन्छन् त्यही दिनदेखि संसदले कानून बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो। हामी र हाम्रै कारणले कानून निर्माण भइरहेको छैन संसदमा। विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन ? संघीय निजामती विधेयक किन बन्न सकेको छैन। यो सबै राजनीतिक पार्टीका कारणले कानून निर्माण हुन सकेको छैन। त्यो खण्डित छ भनेपनि राजनीति पार्टीकै कारणले खण्डित छ। त्यहाँ विमति छ भने पनि राजनीतिक पार्टीकै कारणले बिमति छ। यी कुराहरुमा राजनीतिक पार्टीहरुले मिलायो भने संसदबाट कानून निर्माणमा ढिलाई हुन्छ भन्ने मलाई लाग्दैन।’ उनले भने।
विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको उनको भनाइ छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया