
गण्डकी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा


गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको जनाएको हो ।
‘प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको हो,’ कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया