एसएसपी बस्नेतले सम्हाले उपत्यका अपराध अनुसन्धानको कमाण्ड

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको जिम्मेबारी सम्हालेका छन् ।

एसएसपी बस्नेत शुक्रबार कार्यालयमा हाजिर भएर पदभार ग्रहण गरेका हुन् ।

गृह मन्त्रालयले केहीदिन अघि मात्र एसएसपी बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा सरुवा गरेको हो ।

प्रहरी संगठनमा राम्रो छबि बनाएका उनले यसअघि विभिन्न जिल्ला तथा महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् ।

उनले एसपीका रुपमा पर्सा प्रहरीको कमाण्ड विवादरहित रुपमा सम्हालेका छन् । अपराध अनुसन्धानमा अब्बल रहेका एसएसपी बस्नेत काठमाडौंका विभिन्न युनिटमा बसेर काम गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर