अध्यादेशको सही कार्यान्वयन हुनसके बेरोजगारी घटाउन सकिन्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताएका छन् ।

शनिवार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले बाध्यतावश बिदेसिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको बताए ।

उनले अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको सही कार्यान्वयन जरुरी रहेको बताए ।

उनले भने ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ । साधारण तरिकाबाट त्यो रोक्नसक्ने अवस्था छैन । त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ । त्यसो हुनसके मात्रै बाहिर विवश भएर जानेकुरा रोकिन्छ । हालै नेपाल सरकारले अध्यादेशमार्फत कानुनहरू ल्याएको छ । त्यो निजी क्षेत्रले स्वागत गरेको छ । कतिपय चिजहरू हाम्रा पुराना कानुहरू, भइरहेका कानुनहरू निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन् । कतिपय पुराना कानुनहरू आफैँमा राम्रा पनि छन् । तर त्यसको सही किसिमले इम्प्लिमेण्ट हुनसकेको छैन । अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको स्प्रिडअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुनसके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महसुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ ।’

अध्यक्ष ढकालले नेपालकै पुँजी परिचालन गरेर ठूलो आयोजना सम्पन्न गर्नसकिन्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर