पाथीभरा केवलकार निर्माण विवाद : वार्ताबाट समस्या समाधान गर्न गृहले पठायो पत्र

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने विषयमा देखिएको विवाद समाधानका लागि आवश्यक समन्वय गर्न गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिंदै पत्र पठाएको छ ।

केवलकार नियमनको बिषय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तगर्त पर्ने भएकाले स्थानीय रुपमा उठेका सवाल र सरोकारका बिषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन पत्रमा भनेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासंग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन निर्देशानुसार अनुरोध गर्नु पत्रमा उल्लेख गरिएको छ । पाथीभरामा गत १२ गते प्रहरी र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी र ‘नो केबलकार’ पक्षका २१ जना घाइते भएका थिए ।

सो बेला प्रहरीको गोली लागि घाइते भएका दुई जनाको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भई रहेका छ भने नो केबलकार समूहका तीन जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । केबलकार निर्माण हुन हुँदैन भन्दै १५ गतेदेखि मेची राजमार्ग तथा तमोर करिडोर नो केबलकार समूहले अनिश्चितकालका लागि बन्द गरेका छ ।

केबुलकार निर्माणका विषयमा उठेको विवादलाई लिएर केहि दिनअघि गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम रतेह्रथुमका सांसदहरुसँग छलफल समेत गरेका थिए । यता सोही विवादलाई लिएर प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले प्रतिनिधिसभामा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने लिलादेवी बोखिम र उर्मिला थेबेसहित सांसदसँग गृह मन्त्रालयसँग समन्वयमा निरन्तरको संवाद गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर