
प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश

प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन् । शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।
सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्नुपर्ने आवश्यक रहेकाले अध्यादेशमार्फत् ती थ्यस्थाहरू संशोधन गर्नुपरेको उनको भनाइ छ ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेश गरे ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण् मन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे ।
- लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : प्रहरी महानिरीक्षक कुँवर
- लागुऔषध नियन्त्रणका लागि भएका प्रयासहरूको पुनःविचार जरुरी : सुनिता डंगोल
- कमजोरी सुधारेर देश विकास गरिछाड्छौँ : उपप्रधानमन्त्री सिंह
- सबै एकजुट भए नेपाललाई छिटै लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्नसक्छौँ : गृहमन्त्री लेखक
प्रतिक्रिया