
रविको निलम्बन फुकुवा नगरे कानुनी उपचार खोज्छौँ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।
शुक्रवारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा.स्वर्णिम वागलेले यस्तो चेतावनी दिएका हुन् । उनले सभापति लामिछानेमाथि सिङ्गो राज्य शक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाए ।
उनले संवैधानिक व्यवस्थाकको बेवास्ता गर्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गर्दै उनले रास्वपाले यसको कानुनी निदान खोज्ने बताए ।
विश्व राजनीतिमा नयाँ शक्तिलाई नस्विकार्ने, खिसीटिउरी गर्ने र आक्रमण गर्ने चलन नै रहेको उल्लेख गरे ।
उनले आफूहरूले सभामुखको ध्यानाकर्षण गराएको उल्लेख गर्दै तत्कालै निलम्बन फुकुवा नगरे सदन चल्न नदिने संकेत गरे ।
वर्तमान सरकारले अध्यादेशबाट कानुन ल्याउने, संवैधानिक परिषद्लाई खलबल्याउने काम गरिरहेको बताए ।
उनले सामाजिक सञ्जाल सञ्चालन तथा नियमनसम्बन्धी विधेयक फिर्ता लिएर पुनः पेस गर्न आग्रह समेत गरे ।
प्रतिक्रिया