
गायिका एलिना चौहानद्वारा पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर


गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् । आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।
‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए । एलिनाका पति अहिले अस्ट्रेलिया बस्छन् । विवाहपछि अस्ट्रेलिया गएकी एलिना दशैंअघि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी रेकर्डिङ र मेला–महोत्सवमा व्यस्त छिन् ।
पतिले अनेक शंका–उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो ।
प्रतिक्रिया