प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन गरेका छन् । उनले बैठकमा बोल्दै सुशासन र व्यवसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको बताएका छन् ।

सरकारले आलोचना गर्ने काम नगरेको बताए। उनले प्रतिपक्षदलहरुबाट रचनात्मक ओलाचना गर्न आग्रह समेत गरे । साथै कपोकल्पित कुरा गर्नु अनुचित नभएको समेत उनले बताए । उनले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने समेत बताए ।

साथै प्रधानमन्त्री ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताए । प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उल्लेख गरे ।

उनले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङ मार्गको योजना अगाडि बढिरहेको बताए ।

उनले अब सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने बताए ।

कानूनमा तोकिएको अवधि बाहेकका सबै काम ७ दिनभित्र सक्नै पर्ने कानूनी व्यवस्था गरिएको बताए । नेपाली सूचना प्रविधिमा आधारित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाइएको बताए ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *