
सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस दृढ छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र काँग्रेसको संयुक्त गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको कारण वर्तमान सरकार गठन भएको दाबी गरे ।
उनले मुलुकमा सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताए । सरकार सुशासन कायम गर्दै आर्थिक अन्नतिको क्षेत्रमा अघि बढिरहेको सभापति देउावले बताए ।
उनले भने– ‘विगतमा सरकार स्थिर नहुँदा मुलुकको आर्थिक स्थितिमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन भएको हो । काँग्रेस र एमालेबीच सात बुँदै सहमति भएर सरकार गठन भएको हो । यसमा अन्यमा दलहरु समेत समाहित छन् । सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको सहयोग रहेनछ भन्ने मेले विश्वास गरेको छु । मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने सरकारको मुख्य ध्येय हो । सरकार यस मार्गमा सकारात्मक रुपले अघि बढिरहेको छ । र अगामि दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु ।’
सरकारले विगत छ महिनामा गरेका कामहरु सकारात्मक रहेको दाबी गर्दै उहाँले भविष्यमा राम्रो प्रगति हासिल हुने अनुभुति गरेको बताए ।
प्रतिक्रिया