
आठौं चेम्बर एक्स्पोमा कंचनजंगा प्रडक्ट खरिद गर्दा विशेष छुट


भृकुटीमण्डपमा हाल सञ्चालन भइरहेको आठौं चरणको ‘चेम्बर एक्स्पो २०२५’ मा कंचनजंगाका सामग्री खरिद गर्दा ग्राहकहरूले विशेष छुट पाउने भएका छन्। सावित्री कंचनजंगा अगरबत्तीले उक्त एक्स्पोमा आफ्ना प्रडक्टहरू खरिद गर्ने ग्राहकहरूका लागि छुटको व्यवस्था मिलाएको हो।नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको यो एक्स्पो माघ २१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार, एक्स्पोमा विभिन्न उद्योग, व्यवसाय, सफ्टवेयर, तथा अन्य परियोजनाहरू समावेश गरिएका छन्।
कंपनीका जनरल म्यानेजर पुष्कर केसीका अनुसार, कंचनजंगाको स्टल भृकुटीमण्डपमै रहनेछ, जहाँ ग्राहकहरूले पूजाका सामग्रीहरू सहजै खरिद गर्न सक्नेछन्। उनले भने, ‘हामीले चेम्बर एक्स्पोमा आउने अवलोकनकर्ताहरूलाई पूजाका सामग्रीहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टल राखेका हौं। स्टलमा पूजाका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध छन्, जसमा विशेष छुटको व्यवस्था गरिएको छ।’
हाल सावित्री कंचनजंगा अगरबत्तीले करिब १०० प्रकारका सुगन्धित अगरबत्ती उत्पादन गरिरहेको छ। नेपालभरि लोकप्रिय यस ब्रान्डका अगरबत्तीहरू चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड, र भियतनामलगायत विभिन्न देशहरूमा निर्यात हुँदै आएका छन्।
नेपालकै नम्बर वान अगरबत्ती ब्रान्डको रूपमा स्थापित सावित्री कंचनजंगा अगरबत्ती गुणस्तरीय हुनुका साथै उपभोक्तामाझ निकै लोकप्रिय बन्दै गएको छ। एक्स्पोमा गएर ग्राहकहरूले यस अवसरको लाभ उठाउन सक्नेछन्।
प्रतिक्रिया