
ताप्लेजुङमा अलपत्र ३९ तीर्थयात्रीको उद्धार


केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना गरेको ताप्लेजुङ बन्दका कारण अलपत्र परेका ३९ तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र रहेका सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजंघा गुल्मले उद्धार गरी पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया