अर्थतन्त्रमा देखिएका समस्याहरुलाई सरकारले किस्ता–किस्तामा समाधान गरिरहेको छ : अर्थमन्त्री पौडैल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई किस्ता–किस्तामा समाधान गरी रहेको दाबी गरेका छन् ।

नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था (आइकन) को २८ औं वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी,उत्पादन,रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको बताए । उनले सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहनसक्ने गरी आत्मासाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको बताए ।

उनले कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरुले सुधारको लागि आवश्यक सहयोग गर्न आग्रह गरे । उनले कुनैपनि व्यवसायीहरुले कर छल्न नसक्ने खालको कानून बनाउन नसकिएको बताए । उनले कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न आग्रह गरे ।

उनले सरकारले विदेशी लगानी प्रवद्र्धन र लगानीमैत्री वातावरण बनाउने कोशिस गरिरहेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सले थप भूमिका खेल्न आवश्यक रहेको बताए । उनले नेपाल चार्टर्स एकाउन्टेन्ट्सले जस्तो सस्था छ रिर्पोट पनि त्यस्तै दिन आवश्यक रहेको बताए । उनले नेपालको पुँजीबजारलाई दिगो भरपर्दा र विश्वानिय ढङ्गले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरुलाई प्रवेश हुन नदिनका लागि भुमिका खेल्न नेपाल चार्टर्स एकाउन्टेण्ट्सहरुलाई आग्रह गरे ।

उनले सुशासन र सेवालाई प्रभावकारी बनाउँदै कार्यान्वयनको लागि सरकारले एकैपटक २९ वटा कानूनलाई अध्यादेशमार्फत ल्याएको बताए । उनले आर्थिक गतिविधि चलायमान र लगानीमैत्री वातावरणको लागि अध्यादेश ल्याएको उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *