भरुवा बन्दुकसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुरको लालझाडी गाउँपालिकाका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । लालझाडी गाउँपालिका–३ का पुन्ना राना भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले घरमा अवैध एकनाले भरुवा बन्दुक लुकाएर राखेको फेला परेपछि रानालाई पक्राउ गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले भरुवा बन्दुक कानूनबमोजिम बरामद गरी रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *