माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । शुक्रवारबाट हिउँदे अधिवेशन सुरु हुँदैछ । त्यसै सन्दर्भमा प्रमुख प्रतिपक्षबाट आफ्ना आवाजहरू एक भएर उठाउन दबाब दिनेसहितका एजेण्डाहरु र अध्यादेशको बारेमा विरोध गर्ने बारेमा छलफल हुने र सांसदहरूलाई प्रशिक्षित गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।

यसअघि नै आज नै विपक्षी दलहरूको बैठक समेत बसेको थियो । जसमा अध्यादेश अस्वीकार गर्ने र आवश्यक परे सडक सङ्घर्ष गर्ने चेतावनी समेत दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर