अमेरिकामा यात्रुवाहक विमान दुर्घटना

अमेरिकामा यात्रुवाहक विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको छ ।

एक अमेरिकी एयरलाइन्सको विमान राजधानी वासिङ्टन डीसीको आकाशमा हेलिकोप्टरसँग ठोक्किएर नदीमा खसेको बीबीसीको समाचारमा उल्लेख छ ।

सङ्घीय उड्डयन प्रशासनले दिएको जानकारीअनुसार स्थानीय समय अनुसार राति ९ बजे रेगन वाशिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोमाक नदीमाथिको आकाशमा दुर्घटना भएको हो ।

घटनाबारे रेगन विमानस्थलले सामाजिक सञ्जाल एक्समा लेखेको ‘सबै उडान तत्कालका लागि बन्द गरिएका छन् ।’

नेपाली समयअनुसार बिहीबार बिहान वाशिङ्टन डीसीको आपतकालीन उद्धार टोली रेगन राष्ट्रिय विमानस्थलमा पुगेको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देख्न सकिन्छ ।

डीसी फायर र ईएमएस विभागले भनेको छ, ‘विमान पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको छ । जुन नदी वाशिङ्टन डीसी हुँदै बगेको थियो । फायरबोटहरू नदीमा खोजी कार्य गरिरहेका छन् ।

विमान र हेलिकोप्टरमा कति यात्रु र चालक दलका सदस्य थिए भन्ने विषय बाहिरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *