![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
अनु लामाले लिइन् घरेलु फुटबलबाट सन्यास
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![अनु लामाले लिइन् घरेलु फुटबलबाट सन्यास](https://www.pardafas.com/wp-content/uploads/2025/01/anu-lama.jpg)
नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्यास लिएकी छन्।
विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आएकी अनुले बुधबार घरेलु फुटबलबाट पनि सन्यास लिएको घोषणा गरेकी हुन्। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनलमा एपिएफनेपाल पुलिस क्लब पराजित गरेको थियो। खेल सकिनेबित्तिकै अनुलाई एपिएफका खेलाडीले गार्ड अप द अनरबाट सम्मान गर्दै बिदाइ गरेका थिए।
अनुले अब घरेलु फुटबल नखेल्ने बताइन्। उनले अब आफ्नो बाँकी जिवन फुटबल कोचका रुपमा व्यतित गर्ने जानकारी दिइन्। आफुले करिव २१ बर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीहरुका लागि ठाँउ छाडेको उनले बताइन्।
अनुले महिला फुटबलको थप विकास गर्न धेरै भन्दा धेरै घरेलु प्रतियोगीता आवश्यक रहेको उल्लेख गरिन्। सन् २०१९ मा अनुले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन्।
प्रतिक्रिया