![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी](https://www.pardafas.com/wp-content/uploads/2025/01/bisadi-1.jpg)
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण गरेको हो ।
परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताएका छन् । उनले उक्त परीक्षणको नतिजा ठिक रहेको बताए । परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको उनको भनाई छ ।
उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्लाबाट काठमाडौंमा भित्रने तरकारीको गुणस्तर, विषादीजन्य वस्तुको अवस्थाका विषयमा नमूना संकलन र परीक्षणको लागि मोबाइल भ्यानसहित प्रयोगशालामा रहेका दक्ष जनशक्तिसहित तरकारी बजारमा परीक्षणको लागि आएका छौं । गत हप्ता कालिमाटी तरकारी बजार तथा फलफूल बजार विकास समितिमा विभिन्न जिल्लाबाट भित्रने तरकारीहरु नमूना संकलन गर्न राति १० देखि ६ बजेसम्म संकलन गरेर परीक्षण गरेका थियौं । त्यहाँ विषादीजन्य वस्तुहरु धेरै मात्रामा पायौं । आज बल्खुमा अनुगमन गरौं । बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ । कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमूना संकलन गरेर परीक्षण गरेका छौं । २० जिल्लाहरु काठमाडौं, भक्तपुर,ललितपुर, काभ्रे, नुवाकोट, रामेछाप, सर्लाही, धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेका छौं । नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्यो भन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमूनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौँ । यो रायोको सागमा भेटिएको छ । यो ठिक छ । विषादीजन्य तरकारीको प्रयोगले क्यान्सर जस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्नको लागि तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ ।तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खान योग्य हुन्छ ।’
प्रतिक्रिया