![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![महाकुम्भ मेलामा भागदौड मच्चिँदा १४ जनाको मृत्यु](https://www.pardafas.com/wp-content/uploads/2025/01/kumbha-1.jpg)
भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएको छ ।
स्थानीय समय अनुसार मंगलबार राति करिब १ः३० बजे त्यहाँ भागदौड मच्चिएको हो । भागदौडमा १४ जनाको मृत्यु भएको छ । तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन ।
भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन् । संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनापछि घाइते र मृतकलाई अस्पताल लगिएको छ ।
प्रतिक्रिया