![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
रास्वपा संसदीय दलको बैठक बस्दै
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![रास्वपा संसदीय दलको बैठक बस्दै](https://www.pardafas.com/wp-content/uploads/2024/07/raswapa-office.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बिहान ११ बजे पार्टी कार्यालय चःमतिमा बैठक बस्न लागेको हो । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ ।
दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलो पटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् । बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ । संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ । बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने बताइएको छ ।
प्रतिक्रिया