![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
नर्सको नयाँ गन्तव्य खाडी मुलुक
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![नर्सको नयाँ गन्तव्य खाडी मुलुक](https://www.pardafas.com/wp-content/uploads/2023/05/nurse.jpg)
नर्स निलु शर्मा (नाम परिवर्तन)ले काठमाडौंको एक निजी अस्पतालमा वर्षाैँ काम गरिन्। उनको तलब थियो जम्मा १९ हजार रुपैयाँ। यति रकमले घरखर्च चलाउन मुस्किल भएपछि उनी ६ महिनाअघि साउदी अरब पुगेकी छिन्।
साउदीमा उनको न्यूनतम तलब नेपाली एक लाख ५० हजार छ। यसबाहेक बस्नलाई अस्पतालले क्वार्टरको व्यवस्था गरेको छ। खानका लागि आफैँले खर्च गर्नु पर्दछ।
विराटनगरकी सचु आलम (नाम परिवर्तन)ले विराटनगरको न्यूरो अस्पतालमा केही वर्ष काम गर्दा मासिक तलब थियो ११ हजार रुपैयाँ। उनले एक वर्ष विद्यालय नर्समा काम गरिन्। बच्चा हुर्किँदै गएपछि तलबले पुग्न छाड्यो। साउदीमा विनालगानी काम गर्ने राम्रो कमाइ हुने अवसर पाएपछि उनी एक वर्षअघि साउदी गइन्। अहिले उनको तलब डेढ लाखभन्दा बढी छ। ‘तलबमा हामी सन्तुष्ट छु’, आलमले भनिन्,‘तर अरु पक्षमा आफ्नो देश जस्तो नहुने रहेछ।’
पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडालगायत युरोपेली मुलुकका अलावा खाडी मुलुकमा समेत नेपाली नर्स पलायन हुँदै छन्। नेपालमा तलब, सुविधा अत्यन्त न्यून रहेका कारण नर्स विदेशिन बाध्य भएका हुन्। स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ महाशाखाको तथ्यांकअनुसार हरेक वर्ष एक हजारभन्दा बढी नर्स विदेशिने गरेका छन्। महाशाखाको तथ्याङ्कबाहेकका नर्स पनि विदेश जाने गरेका छन्। कतिपय नर्सिङ अध्ययन र उतै काम गर्नका लागि विदेश जान्छन्।
महाशाखाका अनुसार २०५९ देखि २०८१ को असोजसम्ममा ४३ हजारभन्दा बढी नर्सले विदेश जान अनुमतिपत्र (एनओसी) लिएका छन्। एनओसी लिएकामध्ये ९० प्रतिशत नर्स विदेश गइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा छन्। नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार गत मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजारमध्ये २३ हजार ३७० नर्स अमेरिका गएका छन्।
यस्तै ११ हजार २८९ अस्ट्रेलिया, दुई हजार ८०४ जना यूएई गएका छन्। यीबाहेक बेलायत, साउदी अरेबिया, कतार, बहराइनसहितका देशलाई नेपाली नर्स जाने गरेका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ
प्रतिक्रिया