जनताले वर्तमान सरकारको विकल्प खोजिरहेका छन् : माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन्।

मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताएका हुन्।

वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उनको भनाइ छ। मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उनले त्यो प्रणाली समाजवादी क्रान्ति नै भएको जिकिर गरे।

उनले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत उल्लेख गरे।

प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्नेमा उनले जोड दिए।

‘वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि छ। यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरुमा विकल्पको खोजी जारी छ,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *