बसको सिटमै मृत भेटिए यात्रु

काठमाडौँबाट धनुषाको जटही जान लागेको बसमा एक जना यात्रु मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट धनुषाको जटही चल्ने मधेश प्र.००४९००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा बसको सिटमै मृत फेला परेका हुन् ।

अहिले बसलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *