
प्रधानमन्त्री ओलीको आरोप- प्रचण्ड नेतृत्वको सरकारले ढुकुटी रित्याउने काम गर्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन्।
सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक आर्थिक र सामाजिक रुपमा अफ्ट्यारोमा परेकोले संसद्का दुई ठूला दल मिलेर सरकार बनेको बताए।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाए। उनले सबै मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे।
उनले केही अराजक तत्वहरुले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए। मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए।
संसद्का दुई ठूला दल मिलेर मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसपछिको जनताको निराशा भयानक हुने बताए।
प्रतिक्रिया