कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

युक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेका छन् ।

त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार एक सय ३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

उनले भने, ‘हाम्रो शान्ति सैनिकको टोली सुरक्षित छ । त्यहाँको गोमा भन्ने स्थानमा पर्यवेक्षक (अब्जर्भर) रहेको क्षेत्रमा भने केही तनाव छ । तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसंघले अन्यत्र सुरक्षित स्थलमा सारेको छ ।’

नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीको भनाइ छ ।

विकसित घटनाक्रमका आधारमा राष्ट्रसंघको निर्देशनअनुरूप थप सुरक्षा व्यवस्थापन गरिने जानकारी दिइएको छ ।

केही दिनअघिदेखि त्यहाँ ‘एम ट्वान्टी थ्री’ नामक विद्रोही समूह बढी सक्रिय रहेको छ । उक्त समूहसँगको भिडन्तमा संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण अफ्रिकासहितका मुलुकबाट खटिएका केही शान्ति सैनिकको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *