भैरहवा पुगे रवि लामिछाने, अदालतमा उपस्थित हुने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार भैरहवा पुगेका छन्।

जिल्ला अदालत, रुपन्देहीमा दायर भएको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सुनुवाइका लागि उनी भैरहवा पुगेका हुन्।

सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो। बुधबार बिहान उनी अदालतमा हाजिर हुने तयारीमा छन्।

बुटवलको सुप्रिम सहकारीबाट उनको नाममा दुई करोड कर्जा गएको देखिएको र उनी गोर्खा मिडियाको सञ्चालक हुँदा सहकारीबाट करिब १० करोड गएको आधारमा उनलाई प्रतिवादी बनाइएको छ ।

यसअघि कास्की र काठमाडौंमा दायर गरिएका मुद्दामा लामिछाने धरौटीमा छुटेका थिए। गोर्खा मिडियामा आबद्ध भएकै आधारमा सहकारी ठगीको मुद्दा दायर गरिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर