सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

८०० रुपैयाँले घटेर आज प्रतितोला सुनको मूल्य १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।शुक्रबार प्रतितोलामा १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *