कोशीका पूर्व मुख्यमन्त्रीमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको निन्दा गरेको छ ।

आज (आइतबार) बिहान विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग माग समेत गरेको छ ।

कांग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो। उनको निधारमा चोट लागेको छ । उनलाई आक्रमण गरेको आरोपमा प्रहरीले शनिबार नै विद्युत प्राधिकरणका दुई जना कर्मचारी पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *