खानेपानीमन्त्री यादवको दाबी- ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्‍याइसक्यौं

खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन्।

बिहीबार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद्  जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्‍याइसक्ने घोषणासमेत गरे।

उनले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने गरी काम गरिरहेको बताए। उनले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न संवेदनशील रहेको उल्लेख गरे।

उनले भने, ‘अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्‍याएका छौँ। अहिले पनि दुई प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्‍याउन सकेका छैनौँ। त्यसको लागि हामी निरन्तर लागिपरेका छौँ। मलाई विश्वास छ एक वर्षभित्रमा सय प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्‍याउँछौँ।

अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी दिइरहेका छौँ। यो पर्याप्त छैन। यसले जनता बिरामी हुने तथा प्रकोपहरु फैलिने खतरा छ। त्यसकारणले गर्दा ५७ प्रतिशत पुर्‍याउनका लागि हामी लागिपरेका छौँ। यो अठोट लिएर म अघि बढेको छु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर