विदेशी भ्रूण हुर्काउँदै नेपाली गाई

कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो । धाईआमाले अर्काले जन्माएको बच्चा हुर्काएका प्रशस्तै उदाहरण छन् । नेपाली गाईले भने अर्काकै सन्तान आफ्नो पाठेघरमा हुर्काएर जन्म दिने गरेका छन् ।

विश्वमा नस्ल सुधारमा सफल भएको प्रयोग नेपालमा पनि सफल देखिएको छ । स्थानीय जातका गाईमा उच्च नस्लका गाईको भ्रूण प्रत्यारोपण गरिन थालिएसँगै यसले दुग्ध उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसको प्रयोग हुन थालेको दुई दशक भए पनि पछिल्लो समय ठुला फार्म तथा व्यावसायिक पशुपालक कृषक यो प्रविधिमा आकर्षित हुन थालेका छन् ।

नेपालमा केही वर्षयता अमेरिका, न्युजिल्यान्डका साँढेको शुक्रकिटको मिलनबाट त्यहाँका उच्च नस्लका गाईसँगको मिलनबाट बनेको भ्रूण नेपालका गाईले हुर्काइरहेका छन् । आफ्नो पाठेघरमा हुर्काएको नेपालको गाईको भूमिका धाईआमाको जस्तो मात्र हुने भए पनि त्यसले समग्र दुग्ध उत्पादनमा भने वृद्धि हुने विश्वास सरकारी निकायले गरेको छ ।

स्थानीय वर्णशङ्कर गाई जुन नियमित ऋतु चक्रमा आउँदा भ्रूणलाई गाईको पाठेघरमा प्रत्यारोपण गरिन्छ । सो भ्रूण अन्य सामान्य गर्भ जसरी नै परिपक्व भई निश्चित समय पुगेपछि बाच्छाबाच्छी जन्मिन्छ । यसरी जन्मिएका बाच्छाबाच्छी शुद्ध नस्लको हुन्छ । बाच्छा जन्मिएमा विर्य सङ्कलनका लागि उपयोगी हुने त्यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् । हालसम्म सयौँको सङ्ख्यामा बाच्छी जन्मिए पनि बाच्छा भने १० वटा जन्मिएपछि राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले सोही बाच्छालाई हुर्काएर विर्य सङ्कलन गरिरहेको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले २०५८ सालदेखि भ्रूण झिकाएर प्रत्यारोपण थालेको हो । सुरुमा न्युजिल्यान्डबाट ११० डोज जर्सी गाईको भ्रूण झिकाइएको थियो । पछि २०७२ सालमा अमेरिकाबाट जर्सी र होलिस्टनको ५५ डोज भ्रूण झिकाइएको थियो । गोरखापत्र दैनिकमा समाचार छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *