बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
२ माघ २०८१ २२:४१
संघीय गणतन्त्र जर्मनीले सर्लाही, रौतहट र काभ्रेपलाञ्चोकमा केही महिनाअघिको बाढी तथा आगलागीबाट प्रभावित भएकाहरुको सहयोगार्थ रु. एक करोड ४१ लाख प्रदान गर्ने गर्ने भएको छ।
काठमाडौँस्थित जर्मनी राजदूतावासमा बुधबार नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र हार्ट वल्र्डवाइड नामक स्वास्थ्य सेवा प्रदायक संस्थाका सह प्रमुख सूर्य भट्टले अनुदान सहायता रकम प्रदान गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
‘हालैका प्राकृतिक विपद्हरूबाट प्रभावित जिल्लाका लागि यो योजना महत्वपूर्ण हो। जाडो मौसममा कमजोर समुदायले तत्काल आवश्यक सहयोग प्राप्त गर्दैछन्,’ राजदूत प्रिन्जले भने।
प्रतिक्रिया