मधेस सरकारले मनायो भूकम्प सुरक्षा दिवस
२ माघ २०८१ १४:३७
मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।
२०५५ सालदेखि वि.सं. १९९० सालका महाभूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ ।
भूकम्प सुरक्षा दिवसको अवसरमा बुधवार बिहान जनकपुर धाममा भूकम्प स्मृति तथा भूकम्पीय पूर्वतयारी सचेतना प्रभातफेरी गरिएको हो ।
भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका कानून तथा गृह, सञ्चर तथा कानूनमन्त्री राजकुमार लेखीले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । कुनैपनि क्षेत्रमा गरेको लगानीको परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ भन्ने नारासहित मधेस प्रदेशमा भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
प्रतिक्रिया