मकर संक्रान्तिको अवसरमा जनकपुरमा खिचडी भोज आयोजना

मकर संक्रान्तिको अवसरमा आज जनकपुरधामका खिचडी भोजको आयोजना गरिएको छ । संस्कृति जोगाउने उद्देश्यका साथ जनकप्रधामका स्थानीय युवाहरुले जनकपुरधामको जानकी चोकमा खिचडी भोजको आयोजना गरेका हुन् ।

अंगराज सरको डिलमा विगत एक दशकभन्दा बढी समयदेखि खिचडी भोजको आयोजन हुँदै आएको छ । यसवर्ष मिथिला संस्कृति तथा सनातन धर्म अन्तर्गतको संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले खिचडी भोजको आयोजना हामीले गर्दै आएको युवा अभियन्ताहरुले बताए ।

यसले भाईचारा र संस्कृतिलाई जोगाउने युवाहरुको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर